Breaking News

इटुम्बहालकी आर्यतारा शाक्य नयाँ कुमारी छनोट

काठमाडौं । काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्य नयाँ कुमारी छनोट भएकी छन् । आर्यतारालाई मंगलबार दिउँसो १२ः०५ बजेदेखि १२ः१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ ।

त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ । शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएर आएका नामहरुमध्येबाट साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो ।

संघले शहरका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न भनेको थियो । संघका अनुसार प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको हो । कुमारीलाई जीवित देवीको रुपमा पुज्ने चलन छ ।