Breaking News

महान्यायाधिवक्तामा अधिवक्ता सविता भण्डारी नियुक्त

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी गरेकी छिन् ।

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए । लगत्तै सविता भण्डारी बराललाई महान्यायाधिवक्ता बनाउनेगरी तयारी थालिएको हो ।

उनी महान्यायाधिवक्ता नियुक्त भएमा मुलुकको पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन् ।