-दीर्घ बहादुर शाही (डोक्काघरे)
सिंहदरबार जलि रह्यो
सांसद भवन बलि रह्यो
राष्ट्रपति भवन त झन बेस्सरी बल्यो
सर्वोच्च अदालत पनि रहेन
कहाँ गएर न्याय माग्छ
सिमा सुरक्षामा उभिएको बेइमान बन्दुक
अख्तियार अनुसन्धान पनि चिच्याइ रहेको थियो
अभिलेखालय त झन ठुलो स्वरमा रुदै थियो
बेइमान सिपाहीहरु भने
हातमा राइफल समातेर टुलुटुलु हेरि रहे
यदि त्यो आन्दोलन राष्ट्रियता कै निम्ति हो भने पनि
राष्ट्रियता भनेको माटो होइन र
प्रिय बेइमान आन्दोलनकारी
सबै राष्ट्र गरौव संरचना खरानी पारेर
आस्थाको धरोहर पशुपति छोडेनौ
कृष्ण मन्दिर सम्म पनि पुग्यौं
आगो बाल्न
बसन्तपुर अगाडिको हनुमानढोका त झन
कालो भयो
अब भन त तिम्रा लागी अर्को छुट्टै राष्ट्र
कहाँ छ बनेको
जिउँदै आगो खाइरहेकी
झलनाथ खनाल कि
धर्मपत्नी पनि त एक नेपाली नारी हुन
यति मात्र होइन
उनी त एक नेपाली आमा पनि हुन
लोकतन्त्र गणतन्त्र प्राप्तिको
ठुलो लडाइँको अग्र पंक्तिमा
लाठी खेपिरहेका
तिनै अग्ला मान्छेहरु आज नाङ्गेझार भए
रगतले पोतिए पनि
अनि भन त प्रिय आन्दोलनकारी
अब यो देशमा चुच्चे नक्सा भन्दा
अग्लो मान्छे को आउँछ !!

