२६ भदौ, काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको आन्दोलनबाट आएको परिस्थितिलाई उपयोग गर्दै अहिले देशैभरका कारागारमा रहेका कैदी बन्दीहरु कतै कारागार आगजनी, कतै नाराबाजी, कतै झडप, कतै भागदौड जस्ता कार्य हुन थालेको छन् । यसै शिलशिलामा कैदीबन्दीहरुले कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।
अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।

