Breaking News

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विज्ञप्ति एमाले सँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज मंगलबार विज्ञप्ति निकालेर नेकपा (एमाले) सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् भने पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन्।

सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।