दाउ पर्खी बसेको छ गुहारमा
तेरै हुँ भन्नेले नभेटी गयो हारमा
सस्तैमा बेची दिनुछ दुखहरु जति
खोजेर कोहि आए भने व्यापारमा
गन्तव्य पुग्न नसकी थला परेको छु
हाँस्नेहरु सधैं हाँसी रहन्छन् हारमा
अप्ठ्यारोमा साथ देलान् सोचे
छोडेर आफ्नाहरु गए बेकारमा
भन्न त यति धेरै भन्छ मेरा लागी
कानेखुसी गरेर दौडियो दोधारमा
दीर्घ बहादुर शाही (डोक्काघरे)

