काठमाडौँ । काठमाडौँ महानगर पालिकाले खोला किनाराका सुकुम्बासी बस्तीलाई हटाउने अभियान अन्र्तगत आज मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ । काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । उक्त अवसरमा सुकुम्बासी र महानगरीय प्रहरीबीच एकछिन हानाहान भएको थियो । तर पनि महानगर प्रहरीले सुकुम्बासीहरुको घरभित्रबाट सबै सामान बाहिर चौरमा थुपारेर बस्ती भत्काएकोे थियो ।

