खोजेर दिनभर दौडियो गति पुगेन
हुलाक जसरी आएको पिरती पुगेन
देखिन छोडेको पनि वर्षौं भएपछि
तलासमा गएकी हो अनुमति पुगेन
बेखर्ची अमिन जग्गा हेरफेरमा आयो
ऐलानी खेत दर्ता गर्न अलिकति पुगेन
यो वर्ष पनि बाढी पठाउछु भन्छ असार
पिल्लर भइ उभिने छेउमा सुरुवाती पुगेन
भर्खर धार लगाउन सिक्ने आरनको
खामभरी रैबार थियो माथिमाथी पुगेन
-दीर्घबहादुर शाही (डोक्काघरे)

