नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ ।
महासंघले जारी गरेको मूल्य सूचीअनुसार हिजो बुधबारको तुलनामा सुन २४ सय रूपैयाँले घटेको छ। हिजो तोलामा एक लाख ९७ हजार ६ सय रूपैयाँ रहेको सुनको मूल्य आज एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। हिजो बुधबार २३ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी आज बिहीबार २३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

