Breaking News

बुढो चौतारो

सबेरै एक कुम्लो खुसी उमार्न
बुढो उमेर धुलोमा सजिएर
भरी बटुगो आँसु बोकेर
चाक्लो आउत सिचाइ गर्न
खोपिल्टा आँखामा फराकिलो
नहर खन्छ
घट्या पानीको मुल फुटाउन
बिहानै आगनको डिलबाट
नजरको सहुलो सर्को पठाउछ
जिन्दगीको प्रतिबिम्ब संग
संघर्षको सहयात्री बन्दै
बुढेसकालको पातलो छाया
गरुङ्गा रहरहरु संग बाचेको छन्
आफ्ना मानिने छिमेकीहरु पनि
उपहारमा फाको जति
रिस पठाउछन
जब उ तन्नेरी थियो वरिपरि बसेर
घण्टौ बिताउथे
अचेल बुढो भएर बाचेको छ
साथमा कोहि बस्दैनन्
कोहि बोल्दैनन् बोलाइ रहन्छ
कोहि सुन्दैनन्
कोहि नबोल्नु भनेको उ एक्लो हुनु हो
कोहि नसुन्नु भनेको उसलाई नदेख्नु हो
कोहि नबस्नु भनेको उ बुढो हुनु हो
त्यसैले बुढो चौतारो वरिपरि
कोहि नजानू भनेको उ झन
बुढो हुनु हो
पहिला उसकै छेउमा बसेको
पट्ठो जवान देख्दा उसलाई लाग्दो हो
छेउमा बस्ने फग्लेटाहरु पनि
उस्तै जवान होलान्
किनकी छोडेर जानेहरू
सायद कहिल्यै बुढो हुदैन
होला
छोडेर जादा जस्तो देखिन्थ्यो
अहिले पनि रातमा बिउझिदा उस्तै देख्छु
म भने अचेल कुम्रो परेर फाटेको
बुढो पत्थर जस्तै छु
धेरैले नासो भनेर छोडी गएका
कयौं पीडाहरु कम गरौंन भन्दा
खोला पारि खेल्दै गरेका
उमेर नढल्केका
पट्ठा जवान
गल्लटाहरु पर जान्छन्
केहि नबोली

दीर्घबहादुर शाही (डोक्काघरे)