Breaking News

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ
तिमीले प्रयास गर्नुपर्छ
कृष्ण त केवल सारथी बन्छ
आफ्नो युद्ध आफै लड्नै पर्छ।

ध्यान तिम्रै धनुष बनाउनुपर्छ
बाटोघाटो अरुले देखाए पनि
लक्ष्य आफैले तय गर्ने तिमीले
आफ्नो युद्ध लड्नपर्ने आफैले

समेट ज्ञानको भण्डार धेरै
अभ्यास पूरा जोड्ले थुप्रै
जीवन वास्तवमा फरक होइन्छ
मिठोसँग तितो यहाँ पाइन्छ।

चाख्नु त पर्छ सबैले सबै
अनुभवबाट सिक्नुपर्छ सबैले सबै
तितो र चिसो भएको सबैले सबै
आफ्नो युद्ध लड्नुपर्ने सबैले सबै

कहिले नसोचेको सफलता पाइने
कहिले नसोचेको विफलता आइने
के हार कहिले जितमा बदल्ने
जे जस्तो रूप मान्नै पर्ने

स्वीकार त्यही नै गर्नुपर्ने
मनको होस् वा नभएपनि
विश्वास तिमीले राख्नैपर्छ
आफ्नो युद्ध आफै लड्नुपर्छ

-जि शाह

जि शाह