Breaking News

दुनियाँलाई कोरोनाले के-के गरायो

कविता

झुपडी भनेन महल भनेन, सुनसान र चहल–पहल भनेन ।
सज्जन छानेन दुर्जन छानेन, महामारीले कसैलाई फरक ठानेन ।।

जातपात भनेन, नाता साथ भनेन, श्रमिक अनि उच्च राज भनेन ।
उचनिच त मानब निर्मित हो, हैसियत देखाइदियो पक्षपात जानेन ।।

अमेरिका डरायो, युरोप डरायो, दुनियाँलाई कोरोनाले के -के गरायो ।
अहङ्कार हरायो अभिजात हरायो, प्राकृतिक प्रकोपले समान गरायो ।।

कता टुसायो, कता पसायो, सचेत बनौ झनझन नजिक आयो ।
सन्त्रास चलायो खुसी जलायो, मन नै हो जिजीविषा पलायो ।।

 

हाल : प्यूठान

लेखक : दिपेन्द्रराज अधिकारी