प्रदेश २ का रौतहट, धनुषा, सर्लाही गरी ६० जनामा कोरोना संक्रमित पुष्टि

१८ जेठ, वीरगञ्ज । कोरोना भाइरसका संक्रमित बढ्ने क्रममा प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन् ।

रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन ।

त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन ।

त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।