कलियुग र घायल योद्धा  !!

युद्ध कहिले शान्तिपुर्ण हुदैन,
यसले सजिलै भत्काइ दिन्छ,
वर्सौं लगाएर बनेका पर्खालहरु,
सजिलै होलि खेल्छ रगतहरुको,
तर जब जिवनमा
दुस्कर्म सँग हार्नु पर्छ त्यो युद्ध जहाँ आफ्नैको
निमित्त प्रहार सहनु पर्छ, अनि बल्ल शुरु हुन्छ
अर्जुन बाणको,
तब,
जब आफ्नैले वर्सौ देखि हानेका वाणका
तिरहरु छोपेर उत्रनु पर्छ जिवनको रण मैदानमा,
नमिठो घाउ बोकेर मुस्काउदै बाच्नु पर्छ अन्धो समाजको नाममा,
अनि असल योद्धाले आफ्नो मनको अस्त्र प्रयोग गर्नु
पर्छ,
आफ्नै तर दुष्ट मनस्थिती विरुद्ध आवाज
उठाउन पर्छ,
तब चर्किन्छन घाउहरु शब्द बनेर,
अर्जुनको गान्डिब बनेर,
दुर्जनको चक्रब्युह तोड्न विवस बनेर,
बल्ल , शुरु हुन्छ कलियुगको
महाभारत,
अनि फेरि लेखिन्छन नयाँ गिता पाठ,
भविस्यका असल सन्ततिका निमित्त,
एउटा एउटा नयाँ पालुवा र शताब्दिको
शुरुवात हुन्छ ।।

प्रत्येक योद्धा जो देखावटी रुपमा
नैतिकताहिन र अधर्मीसङ आफ्नो जिवनको
पल बिताइरहेको हुन्छ,
बाह्य संसारलाई बाँचेको जस्तो देखाइ रहेको हुन्छ,
आफ्नो इमान्दारीताको चस्मा भित्र अश्रु धारा लुकाइ
हिडेको हुन्छ,
उ संसारको सबै भन्दा साहसी सिपाइ हुन्छ,
जो पलपल आफ्नाले दिएको पीडा लुकाइ
फेरी जिवित रहेको नाटक गरि रहेको हुन्छ ।।