बध शाला !!

कविता 

१) बध शाला !!
चम्किलो सपनाको देहान्त भएपछिको आँखा
छोप्न ओढाइएको छ घुम्टो,
आफ्नै अगाडि बलिरहेको ज्वाला कम छ,
मन भित्र दन्किरहेको अदृश्य अग्नि भन्दा,
अन्तिम पल्ट फेर्नुछ मातृत्व संगको स्वास ,
जुधाउन नसकेको आँखा,
चहर्याएको घाउ लुकाई, देखाउनु छ मन्द मुस्कान
भाव शून्य समाजका निमित्त।।।

मृत्यु शैयाको पथ भन्दा, कठिन छ यात्रा,
चुडाइएको पथ्थर मुटु, लगेर जोड्नुछ अन्यत्र!!
पिताको सुरक्षा कवछ, निकाली उत्रिनुछ
मैदानमा एक्लै,
आँसुको  सरोवर भित्र छट्पटी गर्दै गर्दै ।।।

२) देशभक्त नागरिक,
लुट्पुटिन पुगेको छैन , ममताको आँचलमा,
आमाको शितल छ्हारिमा, जुँगाको घेरी नबस्दै
पेट पाल्न सपना देख्न थाल्छ बिदेसको,
उस्को रहर कि बाध्यता उस्लाइ नै थाहा छ,
बिबसताको जन्जिरले रहर मार्ने रहेछ ।।।

कर्मशिल योद्धा रातभरी अनिदो बस्छ,
भोलि यो भुमी छोडी निस्कनु छ, नयाँ गन्तव्य,
कम छैन पीडा नव युवतिलाई दुलही बनेर
पराया घर जानू भन्दा ।।

३)कर्मशिल चेलिका लुकेको आँसु !!
एकै दिनको एउटा रातो घुम्टोले,
बदलिएको पुरै सन्सार,
के थाहा त्यहाँ मन नै नभकाहरु पो छन कि,
जसको मन पगाल्न्न पुरै जीवन आफू पग्लिएर
सकिनु पर्छ !!
आफुनै रित्तिए पछिको स्याबासी त
अर्थी पछिको माला पो बन्दोरहेछ ।।

४) पैसा को बोली ।।
तँ बाट तपाइँ बनाउदो रैछ,
तपाईबाट हजुर नि बनाउदो रैछ,
जुठेल्नो बाट सोफामा नि पुर्याउदो रैछ,
औकात छुट्टयाउन माहिरहरु खै कता हराएछन।।
डराएको लाई अग्नि परीक्षा,
हिम्मत वाला लाई सलाम,
पैसा बोल्न थाले पछि त,
यसैले बनाउने रैछ व्याभिचारीलाई गुलाम ।।

दुखबाट आकोहरुलाई  के भाको छ था छैन
पथ्थर मन भएकालाई त यान्त्रिक बनाउने रैछ,
संस्कार नाप्नेको , जोख्ने चिज नै हराउने रैछ,
पवित्रताको परीक्षा लिन बानी परेका हरुको त,
कुटिल वाणी पनि बन्द हुने रैछ,
जति काम गरेनी अपजस मात्र दिने मस्तिष्क,
आफुलाई चाहिंदा त कोशौ टाढाको यात्रा तय गर्ने रैछ।।

५) स्वर्ग ।।
विभेद बिनाको थाली,
स्वतन्त्रता सहितको सम्मान,
स्वाभिमानमा उभिएको रित्तो पेट,
सद्भाव सहितको गन्तव्यबाट,
इमान्दारीताको कदर ,
सुन्दर भविस्यको कल्पना।।

६) नर्क ।।
दुर्जनको सेवा,
लोभीको चिनो,
दुष्टको वाणी,
मानवता हिनको आफन्त,
अहंकारी सङको नम्रता,
भ्रष्ट संगको आत्मियता,
धर्म हिन संगको सत्कर्म
इमान्दार गरीबको अपमान।।।