संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु

८ वैशाख, काठमाडौं । संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ ।

सभापोखरी गाउँपालिका-३ इथुम्बुमा ४० वर्यका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिए ।

मृतक सनमान राई कान नसुन्ने र बोलीसमेत नआउने अपांगता भएका व्यक्ति हुन् । प्रहरीका अनुसार दाजुभाइबीच आँगनमा राखेको दाउराको विषयमा विवाद भएको थियो ।

घटनापछि प्रहरी चौकी बाह्रबिसेबाट खटिएको टोलीले कुटपिटमा संलग्न प्रवीण राईलाई पक्राउ गरेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।