मेरो देशको इतिहास अनि मानचित्र

कविता

सत्ययुगमा सत्यवती,
त्रेतायुगमा तपोवन,

द्वापरयुगमा मुक्तिसोपान,
र कलियुगमा पवित्रभूमि नेपाल

यो हो मेरो देशको इतिहास।
उत्तरमा सर्वोच्च शिखर सगरमाथा,

दक्षिणमा पवित्र गंगा नदी,
पूर्बमा टिष्टा र पश्चिममा सतलज,

यो हो मेरो देशको मानचित्र । 
यो मेरे सपना वा कल्पना होईन,

यो इतिहासले भन्छ,
यो तथ्यले भन्छ,

यो सत्यले भन्छ।
सत्यले होईन,बलले,

तथ्यले होईन, छलले,
प्रमाणले होईन, अहंकारले

आज मेची र काली मिचिदै छ,
हाम्रो छाति थिचिदै छ ।

देशवासीहरू ! अब जागौं है! जागौं !
देशको इतिहास र मानचित्र बचाउन लागौं !