म श्वेत पन्ना हुँ !

तिमिलाई चाहेको चित्र कोर्न  सक्छौ,
तिम्रा बलवान् हातहरुले सजिलै
कच्याक कुचुक पार्न सक्छौ,
जीवन देखि हारेका बखत तिक्तता
पोख्न सक्छौ,
जितको उत्सबमा चँगा बनाई उडाउन सक्छौ।।

थाहा छ तर तिम्रो हात र मेरो श्वेत पन्ना बिच
पनि एउटा सिमा रेखा छ,
तिम्रा पैसाले किनेर तिमिले मलाई जन्माइ
आफ्नो बनायौ भन्दैमा तिमिले सकुन्जेल
प्रहार गर्न सक्दैनौ !!
मलाई जित्नुछ भने कलम बनेर आउ,
अनि मसिले प्रेमको भासा कोर,
अनि निर्धक्क भइ आफ्ना भावना राख्न सक्छौ,
अन्यथा,

तिमिले आफ्नो बनाएर पोखेका
अभिसापहरु को समग्र हिसाब हुनेछ,
किनकी तिम्रो सामिप्यमा आउदैमा तिमिले
मेरो अस्तित्व बनाएको हुँदैन ,
निर्माण कर्ता ईश्वरको समेत साथी बन्नु छ
भने प्रण गर कि मलाई प्रेमको भासा व्यक्त
गरेर अपनाउने !!
हो म श्याम श्वेत पन्ना हुँ,
यसमा सजिलै लेखिन्छन,
जिवनका घाउहरु,

यसमा सजिलै देखिन्छन इन्द्रेणी रंगहरु,
यसमा जिवन्त बन्छन इतिहासहरु,
यसले गन्तव्य दिन्छन  सद्भावका युक्तिहरु,
तै पनि खराब आकृती कोर्ने चेस्टा राख्यौ भने
छर्लङ्ग हुन्छन तिम्रा दुष्ट मनोभावहरु ।।