केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नमर्नुञ्जेल मुलुकको राजनीतिक उथुलपुथुल भइरहने बताए । राजनीति गर्ने जोकोहीले पनि देश र जनतालाई शिरमा राखेर इमान्दारितापूर्वक राजनीति गर्नुपर्छ । देश र जनताको हितमा काम गर्नुपर्छ । देश र जनतालाई क्षति पुग्ने काम राजनीतिक दलले सरकारमा बसेका प्रतिनिधिहरुले गर्नु हुन्न ।
नेपालमा यस्तो प्रधानमन्त्री पनि थिए, जसले आफ्नो केही गल्ती नहुँदा पनि नैतिकताको आधारमा राजीनामा दिए । ०३० असोज २५ गते राति सिंहदरबारमा विद्युत सर्ट भई आगलागी भयो । त्यसबेला पञ्चायती व्यवस्था भएकाले प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए । सिंहदरबारमा आगलागी भएपछि उनले नैतिकताकै आधारमा पदबाट राजीनामा दिएका थिए ।
पछिल्लो समय आम सर्वसाधारणमा निराशा छाएको छ । नेपाल नै रहँदैन कि, आफ्नो जन्मभूमि नै गुम्छ कि भन्ने डर, त्रास अहिले जनताको मनमा छ । भारत र चीनले नेपालको धेरै भूभाग कब्जा गरेर लिइसकेको छ । यता, विदेशी ऋण पनि २७ खर्ब पुगिसक्यो । यो ऋण सरकारले देशै धितो राखेर लिएको भन्दा पनि केही फरक नपर्ला । सरकारी स्वामित्वको महालेखा परीक्षकको कार्यालयअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी छ ।
केही समययता बजारमा बैंक तथा वित्तिय संस्थाहरु डुब्ने अवस्थामा पुगेको अथवा सहकारी भागेको, डुबेको समाचार बाहिरिएका छन् । बजार पूरै आर्थिक मन्दीमा छ । व्यापारव्यवसाय ठप्प छ । दिनहुँ घर, कोठा, सटर, फ्रल्याट खाली भएका छन् । त्यस्तै, ६२ लाख सर्वसाधारणको सेयरमा लगानी छ । तर, ३२ सय कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने भएपछि उनीहरु पनि डुबेका छन् ।
घरजग्गा र गाडीको पनि उस्तै अवस्था छ । करोडमा किनेको घरजग्गा र गाडी लाखमा बिक्री नहुने अवस्था आएको छ । किनकि मानिसहरुसँग पैसा छैन । भएकाहरुले लुकाएका छन् । दुई वर्षअघि ज्यालादारी गरेको दिनमा हजारदेखि पन्ध्र सय दिइन्थ्यो । तर, अहिले पाँच सयमा गर्छु भन्दा समेत पाइदैंन । प्रत्येक घर वा परिवारमा झगडा छ, रुवाबासी छ, सहकारी र लद्युवित्तले पैसा खाइदिएर ।
अब बैंकले पनि बचतकर्ताहरुलाई त्यँही हालतमा पुप्याउने बताएको छ । निजी संघसंस्था, होटल, रेस्टुरेन्टm पसल इत्यादिमा काम गर्नेहरुलाई तलबबिना नै कामबाट निकालिएको छ । हिजो महिनाकै ५० हजारसम्म तलब खानेहरु अहिले दश हजारको काम गर्छुभन्दा पनि काम पाइरहेका छैनन् । बजारमा महंगी हवात्तै बढेको छ । घरायसी काम गर्नेहरुलाई पनि तलब दिइएको छैन । उमेर हुनेहरु त रोजगारीका लागि खाडी पुगिरहेका छन् । तर, उमेर पुगिसकेकाहरु यहाँ बाँच्न नसक्ने अवस्था आएपछि आफ्रनै जन्मथलो (गाउँघर) फर्किन थालेका छन् । अहिले मालपोत र यातायात कार्यालयमा सुनसान छ । घरजग्गा र गाडीको किनबेच नै छ ।
व्यापारीहरु पनि पसल खोल्नु मात्र हो, बहनी समेत नहुने बताउँछन् । आत्महत्या गर्नेको संख्या हवात्तै बढेको छ । बाटोमा माग्ने, चोर्ने, लुट्नेको पनि संख्या बढेको छ । अहिले सर्वसाधारण प्रधानमन्त्री प्रचण्डलाई सोध्छन्, ‘आफ्नो पद जोगाउन कहिले कांग्रेस, कहिले एमालेसँग टाँसिने, अनि यँही हो राजनीति उथुलपुथुल ?’
प्रचण्डसँग नैतिकता भए उनले तत्कालै प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने जनता बताउँछन् । ०४८ सालदेखि ०७० सालसम्म भक्तपुर क्षेत्रनम्बर १ बाट नारायणमान बिजुक्छेले मात्र निरन्तर चुनाव जितिरहे । जुन मन्त्रालय मागेपनि दिने भन्दै राजनीतिक दलका नेताहरु उनलाई सरकारमा लैजानका लागि फर्काउन उनको घरै पुगे ।
तर, बिजुक्छेले मन्त्रीको लोप गरेनन् । र, सरकारमा गएनन् । आफु बुढो भएको भन्दै ०७४ सालको निर्वाचनमा बिजुक्छेले आफ्नो सट्टामा प्रेम सुवाललाई उम्मेदवार बनाए । बिजुक्छेको इमान्दारिता देखेर भक्तपुरका जनताले सुवाललाई पनि जिताए । ०७९ सालको निर्वाचनमा पनि सो क्षेत्रबाट सुवालले नै जिते ।
०४८ सालदेखि ०७९ सालसम्म निरन्तर यो क्षेत्रबाट मजदुर किसान पार्टीले नै चुनाव जितिरहेको छ । जनता सबै राजनीतिक दलका नेताहरुको मूल्यांकन गर्छन् । प्रचण्डले देश र जनताको लागि काम गर्न सक्दैंन भनेर अहिले नेपाली जनताले बुझिसकेका छन् । ०५२ फागुल्न १ गते प्रचण्डको कमाउण्डरमा जनयुद्धको सुरुवात भयो ।
जनयुद्धको अन्त्यपछि भूमिगतबाट सार्वजनिक भएपछि बुझ्रदा उनको तीन छोरीसहित एक छोरा गरी चार सन्तान रहेको बुझियो । तर, जनयुद्धको समयमा प्रचण्डले आफ्नो एक जना पनि छोराछोरी गुमाएनन् । १७ हजार नेपालीका १७ हजार छोराछोरी जनयुद्धमा मारिए । कतिपयको एकै जना सन्तान थियो । यसले गर्दा उसको वंश नै सकियो ।
अहिले ती बुढा आमाबुबाहरु जनयुद्धमा मारिएका आफ्ना छोराछोरी सम्झिएर रोएर बसेका छन् । प्रचण्डले जनयुद्धमा त आफ्नो कोही गुमाएनन् । तर, पछि आफ्नो एक÷एक छोराछोरीसहित श्रीमती पनि गुमाएका छन् । प्रचण्ड विगतमा १७ हजार नेपाली मारेर सत्तामा आएका हुन् । र, अहिले पनि कहिले कांग्रेस त कहिले एमालेलाई भप्याङ बनाएर प्रधानमन्त्री पद जोगाइराखेका छन् । हिजो जनयुद्धमा आफ्नो सबै गुमाएकाहरुले अहिले केही पाएनन् । कोही खाडी पुगेका छन् त कोही भारतमा गएर गार्ड बसेका छन् ।
कतिपय त मागेर खाइरहेको पनि भेटिन्छ । जनयुद्धको समयमा आफ्नो परिवार भारतमा लगेर राखे । र, आफु पनि त्यँही बसे । अहिले आएर भने आफ्नो एउटी छोरीलाई मेयर, अर्कीलाई स्वकीय सचिव, बुहारीज्वाईँलाई मन्त्री र भाई सांसदबाट राष्ट्रियसभा अध्यक्ष बनाउन लागिएको छ । आफ्नो नजिकका मान्छेलाई पनि पटकपटक मन्त्री बनाए ।
अहिले जनताले बुझिसकेका छन् कि प्रचण्ड फट्याहा, दलाली हुन् । नौंटकी गर्न उनलाई कसैले भ्याउँदैन । उनी एकैछिनमा गोही आँसु झार्छन् त एकैछिनमा जिब्रो फेर्छन् । हिजो जनयुद्धमा दाउरासुरुवाल लगाउने व्यक्ति शोषक, सामन्ती हो भन्दै मुला काटिएझै काटियो । ०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले कोट, पेन्ट लगाएर राष्ट्रपतिबाट शपथ ग्रहरण गरेका थिए ।
यता, ०७९ पुस ११ गते फेरि प्रधानमन्त्री भएर राष्ट्रपतिबाट शपथ खाने समयमा दाउरा सुरुवाल लगाएर खाए । अनि यस्तो व्यक्तिमाथि पनि जनताले विश्वास गर्नुहुन्छ ? जनयुद्धकै समयमा माओवादीका कार्यकर्ताले सानो व्यापारी तथा कर्मचारीलाई समेत चन्दा माग्थ्यो । चन्दा नदिएमा कि त मारिन्थ्यो कि माओवादीमै लाग्नुपथ्र्यो ।
गत वर्षको पुस ११ गतेभन्दा अगाडि वा प्रधानमन्त्री हुनुपूर्व प्रचण्ड ठेकेदारको घरमा बस्थे । जनयुद्धको समयमा ठेकेदार, व्यवसाय गर्नेहरुलाई माफिया, दलाली गर्ने उनी पछि आफैं ठेकेदारको घरमा बस्न पुगे । अहिले प्रचण्ड कस्तो व्यक्ति हुन् ? भनेर जनताले बुझिसकेका छन् । ०७९ मंसिर ४ गतेको निर्वाचनमा जनताले माओवादीलाई भोट दिएनन् ।
माओवादी ३२ सिटमा खुम्चियो । ०६४ सालको निर्वाचनमा १२१ सिट जितेको र धेरै ठाउँमा थोरै भोटको हारेको माओवादी ०७९ सालको निर्वाचनमा ३२ सिटमा आइपुगेको हो । जनताले त माओवादी र प्रचण्डलाई नै चिने । यो पार्टी र पार्टी नेतृत्व प्रचण्ड देश र जनताको लागि काम गर्न सक्दैंन भनेर जनताले त बुझे ।
तर, कांग्रेस, एमाले र सानो दलहरुले भने माओवादी र प्रचण्डलाई अझै चिनेको छैन । जसको फाइदा अहिले प्रचण्ड उठाइरहेका छन् । जनताले त माओवादीलाई उहिल्यै नङ्गाइदिएका हुन् । बिडम्वना, कांग्रेस र एमाले भने अहिले पनि प्रचण्डलाई बोकेर हिँडिरहेका छन् । अहिले देश बर्बाद अवस्थामा पुगिसकेको छ । जुन सुकै बेला देश दुर्घटनातर्फ जान सक्छ । त्यसकारण अब माओवादीलाई साइडमा राखेर कांग्रेस र एमाले मिलेर सरकार चलाउनुपर्छ । देशलाई बचाउनुपर्छ ।