Breaking News

चीन र भारतका अधिकारीहरूबीच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चीन र भारतका अधिकारीहरूबीच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

नेकपा का महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सो सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । चीन र भारतका अधिकारीहरूबिच पुस ३ (डिसेम्बर १८) गते बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड १९ का कारण बन्द भएको लिपुलेक भन्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

२०७७ जेठमा नेपालको प्रतिनिधिसभाले कालापानी, लिम्पियाधुरा र लिपुलेक भन्ज्याङसहित भूभाग समेटेर नक्सा समेत सार्वजनिक गरिसकेको जनाउँदै सो पार्टीले नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ स् ‘चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन् नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक रहेको विप्लवले भनेका छन् ।