Breaking News

शिक्षण संस्थाहरूलाइ सेवा मुलुक हुन मन्त्री विद्या भट्टराईको आग्रह 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विदेशी शिक्षण संस्थाको सम्वन्धनमा सञ्चालित शिक्षण संस्थाहरूले सेवामूलक भावना सहित शिक्षण संस्था सञ्चालन गर्नुपर्ने र विद्यार्थीले गुणस्तरयुक्त शिक्षा पाउने विषयमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ । यसका साथै मन्त्रालय र उल्लेखित  शिक्षण संस्थाहरू बीच आवश्यक सहकार्य हुनुपर्ने बताउनु भयो । शुक्रवार  मन्त्रालयमा आयोजित विदेशी शिक्षण संस्थाको सम्वन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्वन्धी निर्देशिका, २०५९ को संशोधन/परिमार्जन सम्बन्धी विषयमा विदेशी सम्वन्धमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरुको संगठन International Education Providers’ Association Nepal (IEPAN) पदाधिकारीहरू संग  छलफल तथा अन्तरक्रियामा उहाँले उक्त कुरा बताउनु भएको थियो ।

कार्यक्रममा विदेशी सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरुसँग सम्बन्धित वर्तमान मुद्दा तथा समस्याहरूमा केन्द्रीत रहेर छलफल भएको थियो । IEPAN का पदाधिकारीहरूले निर्देशिका परिमार्जनका विषयमा मन्त्रालयले समेट्नुपर्ने पक्षहरू सुझावका रूपमा प्रस्तुत गर्नु भएको थियो ।