Breaking News

संरक्षण क्षेत्र र सरोकारवाला निकायहरूसंग जिसस कास्कीको अन्तरक्रीया

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानिय तह ,संरक्षण क्षेत्र र सरोकारवाला निकायहरू संग समन्वय र सहकार्यका बिषयमा अन्तरक्रीया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

पौडेलले संरक्षण क्षेत्र र स्थानीय तहबिच प्रभाबकारी समन्वय स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो। पौडेलले क्षेत्राधिकार लगायत अन्य सरोकारका बिषयमा  देखिएको अन्यौलता निराकरण गर्न कार्यक्रम फलदायी भएको  बताउनुभयो ।

नेपाल सरकार ,प्रदेश सरकार , स्थानिय तह र संरक्षण क्षेत्रको प्रभाबकारी र नतिजामुखी परिणाममा कार्यक्रम फलदायी भएको उल्लेख गर्नुभयो ।

नियम र कानुन कडाइका साथ कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै प्रमुख पौडेलले नियम उल्लंघन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संरक्षणका सबालमा सबै पक्ष गम्भीर हुनुपर्ने उल्लेख गर्दै निरन्तर सहयोग र सहकार्यमा जोड दिनुभयो ।

संरक्षण क्षेत्रमा हुने कुनै पनि कानुन बिपरितका काम हुन नदिन स्थानीय सहित सरोकारवालाहरू सजगताका साथ लागी पर्नुपर्ने भन्दै प्र जि अ पाण्डेले आगलागी र अन्य मानव सृजित बिपत्ती नियन्त्रणमा जोड दिनुभयो ।

 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका बन संरक्षण अधिकृत बाबुलाल तिरूवाले संरक्षण क्षेत्रको बर्तमान अबस्था र स्थानीय तह संगको समन्वय र सहकार्यका बिसयमा अबधारणा पत्र पेश गर्नु भएको थियो।

कार्यक्रममा कास्कीका पालिका प्रमुख सहित बन कार्यालय र सम्बन्धित सरोकारवाला कार्यालय प्रमुखको उपस्थिति रहेको थियो।।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप- प्रमुख सरिता माल र संचालन शाखा  अधिकृत झबिश्वर रेग्मीले गर्नुभएको थियो।