राष्ट्रिय कविता प्रतियोगितामा निरुता बुढाथोकीलार्इ दश हजार प्रोत्साहन पुरस्कार

बेनी, पुष-२६,  ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरिएको  वरिष्ठ कवि तथा साहित्यकारहरु विश्वबिमोहन श्रेष्ठ, डा. नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेको  कविता प्रतियोगितामा  म्याग्दीकी  निरुता बुढाथोकीले प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छिन्  । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्तीको अवसर पारेर ४० वर्षमुनिका युवाकविका कविता आह्वान गरेको थियो । राष्ट्रब्यापी कबिता प्रतियोगितामा ३ सय ५ कविता मध्यबाट ६ वटा कवितालाई पुरस्कृत गरिएको थियो  प्रतियोगितामा  रुकुम पश्चिमका उमेश पुनमगरको कविता प्रथम भएको थियो । मगरको  ‘देशभित्र देखेको देश’ प्रथम भएको हो ।

त्यसैगरी  कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय, अविरल डिसी चौथो, म्याग्दीकी निरुता बुढाथोकी पाँचौँ र लमजुङका प्रवीण अधिकारी छैटौँ भएका छन् । प्रथम हुनेले  एक लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले  २५ हजार, चौथो, पाँचौँ र छैटौँ हुनेलाई पनि प्रोत्साहनस्वरूप १०–१० हजार पुरस्कार दिने राप्रपाले जनाएको छ ।

राष्ट्रब्यापी कवितामा सहभागी भएर आफुले पनि कबिता लेख्ने रहिछु भन्ने प्रमाणित गर्न पाउदा खुशी लागेको  बुढाथोकीले बताइन ।  म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ स्थायी ठेगाना भएकी बुढाथोकी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्ययन गर्दैछिन ।

विद्यालय तह देखि नै निबन्ध प्रतियोगिता, कविता प्रतियोगितामा सहभागी र पुरस्कृत हुँदै आइरहेकी  र म्याग्दी जिल्लामा उदयिमान युवा कविको पहिचान बनाउन प्रयत्न गरिरहेकी  बुढाथोकीले बेनीको न्यु वेष्ट पोइन्ट आवासीय मा.वि.मा बिद्यालय अध्ययन पुरा गरेर अहिले सोहि बिद्यालयमा शिक्षण गरिरहेकी छिन ।

विद्यालयतह देखि नै अत्यन्त्यै जेहेन्दार बुढाथोकी पढाइमा  सधै अब्बल रहेको र नेतृत्व क्षमता रहेको न्यु वेष्ट पोइन्ट आवासीय माविका शिक्षक कृष्ण जिसीले बताए । उनले भने ” निरुता एक होनाहार विद्यार्थी हुन् अहिले उनि एक उत्प्रेरक शिक्षक पनि हुन आफ्नो अध्ययन, अध्यापन र बहिनीहरुलाइ समेत राम्रो अभिभावकत्व प्रदान गरिरहेकी छिन, उनि विद्यार्थीहरुको प्रिय शिक्षक समेत हुन् ।”

म्याग्दी क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यले क्याम्पसमा आयोजना हुने हरेक प्रतियोगितात्मक कार्यक्रममा निरुताको सहभागिता र उत्कृस्ट प्रस्तुति  हुने गर्दछ, अहिले म्याग्दी क्याम्पसको “विद्यार्थी क्वालिटी सर्कलको” संयोजक समेत रहेकी बुढाथोकी आफ्ना साथीहरुको बिचमा पनि प्रिय र उदाहरनिय विद्यार्थी हुन् ।”

राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर उत्कृष्ट ६ वटा कबितामा  मध्ये पाँचौ स्थानमा पर्न सफल भएकोमा न्यु  वेष्ट पोइन्ट विद्यालयले उनलाइ  सम्मान समेत गरेको छ ।

प्रतियोगिताका विजेतालाई पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुने चियापान समारोहमा पुरस्कार वितरण गरिने पार्टीका प्रबक्ता माेहन श्रेष्ठले जानकारी दिनुभएको छ ।