भूमिहिन र सुकुम्बासीलाई लालपुर्जा बितरण भन्दै सोझा जनतालाई पार्टीको कार्यक्रममा लामबद्ध

नेकपा एमाले सम्बद्ध भातृ संगठन सुकुम्बासी मुक्त कमैयाको कार्यक्रममा जनतालाई सहभागी गराउन को लागि गाउँ गाउँमा गलत भ्रामक प्रचार गरिएको छ । आज बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागी गराउनको लागि भूमिहिन र सुकुम्बासीलाई लालपुर्जा बितरण हुदैछ नगरिकता ल्याएर ठिक ११ बजे मिर्चैयाको सामुदायिक भवनमा जम्मा हुनको लागि गाउँको बड घरलाई खबर गरेर चौकीद्वारलाई हाक पार्न लगाइ एक घरबाट एक जना अनिवार्य उपस्थितिको लागि खबर गरियो ।

माघको सितलहर र कठ्याङरिदो जाडोमा महिला, बुढाबूढी नागरिकता बोकी लाम लाग्दै गर्दा उक्त कार्यक्रम पार्टीको भएको बुझिएको छ । यस बिषयमा सोही वडा का वडा अध्यक्षलाई बुझ्दा कार्यक्रम त हो तर पार्टी को कार्यक्रम भएको र लालपुर्जा बितरणको बिषयमा मलाई जानकारी नभएको बताए । उता गाउँमा एमाले कार्यकर्ताहरुले लालपुर्जाको भ्रम छर्दै जनतालाई अनावश्यक दुख दिने गरेका छन् । यता कार्यक्रममा सहभागीको भनाइ अनुसार हामिले तलको पुरै जनतालाई कब्जामा लियौ भने आगामी हाम्रो मिसन ८४ मा सफल हुनेछौ । कार्यक्रममा सहभागी जनतालाई थेक्न गाह्रो भयपछी के झुठो प्रचार गरियो भने अब यो कार्यक्रमपछि सबैलाई भत्ताको ब्यावस्था गरिएको छ तपाईहरु कतै नजानु होला भने भनिएको थियो । सो कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व नगर प्रमुख घननारायण श्रेष्ठको प्रमुख उपस्तिथि र सोही वडाका वडा अध्यक्ष र नेकपा एमाले नगर अध्यक्ष जीवन बहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।

यस्तो खालेको जनतालाई ढाँटेर भ्रामक प्रचार गर्ने अनावश्यक दुख दिनेहरुलार्इ जसरी पनि ठेगान लगाएर छोड्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य डिलबहादुर (भुकम्प) ले बताए ।