पलाता घटानाले मुख्यमन्त्री शाहीको राजनीनामाको माग

४ जेठ, सुर्खेत । हालै मात्र कालिकोटको पलता गाउँपालिकामा पालिका अध्यक्ष र पालिका नेकपा अध्यक्ष तथा वडाअध्यबीच पालिकाको विकास खर्च र पालिका अध्यक्षले गरेको भ्रष्टाचारका बिषयमा भएको भनाभनको विषयले झडप नै भएपछि उत्पन्न भएको राजनीति माहोल अहिलेको जटिल परिस्थितिले अहिले सोही जिल्लाबासी तथा निर्वाचन क्षेत्रका स्थानीयले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेका छन् । भ्रष्टाचारका आरोपितलाई बचाउन खोजेको र भ्रष्टाचार गर्न सघाएको आरोप लगाउँदै उनकै निर्वाचन क्षेत्र कालीकोटका स्थानीयले राजीनाको माग गरेका हुन ।

मुख्यमन्त्री शाहीको राजीनामा माग्दै कालीकोटको पलाँता गाउँपालिकाका स्थानीयले ९ वटा मध्ये ८ वटा वडा कार्यालयमा तालाब न्दीसमेत गरेका छन ।

कालीकोटको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट विजयी भएका मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्र पलाँता गाउँपालिका पनि पर्दछ । राजीनामा माग्ने नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरु नै धेरै छन् ।

पलाँता गाउँपालिका स्थानीयले अहिले ‘मुख्यमन्त्री महेन्द्रबहादुर शाही राजीनामा दे । ‘भ्रष्टाचारी बचाउन पाइदैन् ।’ भन्दै दैनिक जसो पर्दशन गरिरेहका छन ।

किन माग्न थालियो राजीनामा

गत बैशाख २७ गते कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक निर्माण योजनामा डोजर चलाउन खोजेपछि वडा अध्यक्ष मानबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष बिष्णुबहादुर रोकायाले त्यसको प्रतिबाद गरेका थिए । डोजर जनताको माग अनुसार चलाउनु पर्ने नभए सडकमा डोजर लगाउन नपाइने भन्दै वडा अध्यक्ष र नेकपा गाँउपालिका अध्यक्ष रोकाया बिरोधमा उत्रिएपछि झडप भयो ।

झडपमा परि दुबै पक्षका केही घाइते भए । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमकी श्रीमती गोरीकला बम पनि घाइते भइन् ।

उक्त घटनापछि दुबै पक्षका प्रतिवादमा उत्रिए । घटना भएको भोलीपल्ट मुख्यमन्त्री शाही हेलिकोप्टर लिएर जुम्लामा जुम्ला गएका थिए । मुख्यमन्त्रीकै पहलमा हेलिकोप्टरबाट गाँउपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम र घाइते भएकी उनी श्रीमती गोरिकलालाई थप उपचार गराउने भन्दै सुर्खेत ल्याइयो ।

जुम्लाबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोट पुगे । त्यहाँ नेकपा उपलब्ध जिल्ला समितिका सदस्यहरुसँग छलफलमा उनले ‘यो घटनाका बिषयमा अहिले नेकपा गाउँपालिका अध्यक्ष रोकाया र वडा अध्यक्ष भण्डारीलाई पार्टी निलम्बन गर्न र छानविन समिति बनाउने प्रस्ताव राखे । रोकाया र भण्डारी दुबै जना नेकपा जिल्ला सदस्य हुन् । नेकपा कालिकोटको जिल्ला इन्चार्ज रहेका मुख्यमन्त्रीले शाहीले जिल्ला सदस्यहरुलाई अहिले लक्ष्मणबहादुर बम सुर्खेत रहेको र सुर्खेतमा गएर आफुले कुराकानी गरेर मिलाउछु भनेको एक नेकपा कालीकोटका एक जिल्ला सदस्य बताउँछन् ।

मुख्य मन्त्रीज्यूले घटना मिलाउछु भनेर जानुभएको थियो । त्यही आधारमा रोकाया र भण्डारीले निलम्बन हुन राजी भएका हुन् ।’ उनले भने,‘सुर्खेत फर्केपछि एकतर्फी रुपमा प्रहरी प्रशासन दबाव दिएर ज्यान मार्ने अभियोगमा जाहेरी दर्ता गर्न लगाएर रोकाया र भण्डारीलाई प्रहरी हिरासत पठाउनु भएछ ।

रोकाया र भण्डारी पक्षीय कार्यकर्ताले जिल्ला इन्चार्ज समेत रहेका मुख्यमन्त्री शाहीले एकपक्षीय भएर काम गरेको आरोप लगाएका छन । ‘उहाँ प्रदेशको मुख्यमन्त्री र पार्टीको नेता हो तर आफनो नजिकको मान्छेलाई संरक्षण गर्ने र अरुलाई जेल पठाउने अभियानमा लाग्नु भयो, आक्रोशित कार्यकर्ताले त्यही भएर राजीनामा माग्दै दिनहँु पर्दशन गरिरहेका छन् । नेकपा पलाता वडा नं एकका अध्यक्ष शक्ति भण्डारीले भने ।

रोकाया र भण्डारी दुबै माओवादीका पुराना नेता हुन । हाल गाँउपालिकाका निर्वाचित अध्यक्ष बमलाई टिकट दिन मुख्यमन्त्री शाहीले भूमिका खेलेकोमा असन्तुष्टी जनाउँदै रोकायाले तत्कालिन नयाँ शक्ति पार्टीबाट गाउँपालिका अध्यक्ष उम्मेदवारी समेत दिएका थिए ।

गाँउपालिकामा अनियमितता गरेको अरोपमा अध्यक्ष बममाथि नेकपाको स्थानीय कमिटीले लामो समयदेखि कारबाहीको माग गर्दै आएको थियो । पलाता क्षेत्रबाट नेकपामा प्रतिनिधित्व गर्ने दश जना जिल्ला कमिटी सदस्यले अध्यक्ष बममाथि कारवाहीको माग गर्दे उजुरीसमेत दर्ता गराएका थिए । तर लामोसमयदेखि मुख्यमन्त्री शाहीको दबावमा उजुरीमाथि कुनै कारवाही नगरिएको उनीहरुको असन्तुष्टी छ । तथा यस घटनाको सत्यतथ्य छानबीन गर्न भनि जिल्ला सचिवालय सदस्य तथा पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालको नेतृत्वमा तीन सदस्यीय छानबिन कमिटी समेत बनाएर जिम्मेवारी दिएको पार्टी जिल्ला कमिटीले तर त्यस कमिटीले कस्तो प्रकारको छानबीन प्रतिवेदन बुझाउने हो त्यो पनि हेर्न बाँकी छ । तथापी यस घटनाले आगामी राजनीति रुप कस्तो लिने हो त्यो भने त्यति बेला नै थाहा हुनेछ ।