५० जना भारतीय नागरिक सिन्धुपाल्चोकको झंगलमा, प्रहरीद्धारा पक्राउ

४ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीको नियन्त्रणका लागि भएको कडा लकडाउनकाबीच भारतबाट लुकेर कन्टेनरमा नेपाल छिरेका ५० भारतीय सिन्धुपाल्चोकको जङ्गलमा झर्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा फेला परेको छ ।

धुलिखेलकी एक स्थानीय युवतीले भारतबाट लुकेर आएका एक ट्याङ्कर मानिस जंगलमा झार्दै गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । भारतबाट आएका ति ५० जना भारतीय नागरिकलाई प्रहरील पक्राउ समेत परिसकेको छ ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको
थियो ।

ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताएका छन् ।

नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन, तिमल्सिनाले भने । उनले ती नागरिकका बारेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताएका छन् ।