Breaking News

चाल्र्स शोभराजले रिहा हुन मानेन्

७ पुस, काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज आज बिहीबार रिहा नहुने भएका छन् ।

उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो ।

तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । शोभराजलाई कानुनी सहयोग गरिरहेका गोपाल शिवाकोटीका अनुसार उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् ।