Breaking News

एउटै सोफामा गफगाफ

आज बिहीकार संसद भवन बानेश्वरमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्। शपथपछि संसद भवन बानेश्वरमा आयोजित चियापान समारोहमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका थिए।

संसद सचिवालयले आयोजना गरेको चियापानमा प्रधानमन्त्री कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा ९एमाले० का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणालगायत नेताहरू सहभागी थिए।

चियापानमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड एउटै सोफामा बसेका थिए। उनीहरूले केहीबेर कुराकानी पनि गरेका थिए।

सत्तारूढ गठबन्धनमा शक्ति बाँडफाँट नटुंगिएका बेला केही एमाले र माओवादी नेताहरूले वाम सरकार बनाउने विषयमा पनि पहल गरिरहेका छन्।