Breaking News

नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिग पर्सी शनिबारदेखि सुरु हुने

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुने जानकारी दिएको छ ।

यसअघि भोलि शुक्रबारदेखि हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले १ दिन सार्ने निर्णय भएको क्यानले जानकारी दिएको छ ।

नेपाल टी–२० लिगको मिति सारिएको यो तेस्रोपल्ट हो । यसअघि असोज ८ र मंसिर २६ गतेको मिति सारेर पुस ८ गतेदेखि सञ्चालन गर्ने भनिएको थियो ।

तर, विदेशी खेलाडीको श्रम स्वीकृतिलगायत केहि व्यवस्थापकीय काम नसकिएका कारण एक दिन सार्नुपरेको हो ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सन्चालन अधिकार पाएको यो प्रतियोगिता सुरुदेखि नै विवादमा छ ।

प्रतियोगितामा ६ वटा शहरका नामबाट निर्माण गरिएको फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यसैबीच क्यानले नेपाल टी–२० लिगको प्रतियोगिता निर्देशकमा संघका महाप्रवन्धक वृतान्त खनाललाई नियुक्त गरेको छ ।