हुनेखानेलाई लगडाउन रमाइलो दिन भयो

गजल

हुनेखानेलाई लगडाउन रमाइलो दिन भयो ।
छाकटार्न नसक्ने गरिबको चुलो बल्ल कठिन भयो ।

भन्नलाई के–के नै गर्छु भन्थ्यौ त जनतालाई
खै त सरकार मजदुरको चुलो बाल्न कठिन भयो ।

भोको पेटले श्वास धान्नै मुस्किल भयो हजुर !
चामल किन्न मृगौला बेच्ने यकिन भयो ।

सरकार ! काम या माम दे ! सक्ने भए मृत्यु दे !!
मलाई यो गरिबको जुनि काट्नै कठिन भयो ।

चुपचाप बस्यौ, पेट थिचिरह्यौ हामी ,त्यसैले
जनता नेताको स्वार्थ पूरा गर्ने मेसिन भयो ।।