आगो र तातो तेलले पोल्दा यसरी हुन्छ प्राथमिक उपचार

नेपालीहरुको दोस्रो ठूलो चाडतिहार हर्षोल्लासका साथ मनाइदैँछ । उल्लासका साथ तिहार मनाउने क्रममा तातो तेल या आगोले पालेको बिरामीहरु उपचारका लागि अस्पताल अन्य समयमा भन्दा धेरै पुग्ने चिकित्सकहरु बताउँछन् ।

विशेष गरीतिहारमा झिलिमिली बत्ती, धेरै दियो बाल्ने, विभिन्न परिकारका खानेकुरा अर्थात् रोटी, मिठाइ बनाउँदा र पटाका पड्काउँदा दुर्घटना हुने गर्छ । यस्ता दुर्घटनाबाट जोगिई चाडपर्व मनाउन कीर्तिपुर अस्पतालका छाला रोग विशेषज्ञ डा। शंकरमान राईको सुझाव छ ।

तिहारको समयमा विशेष गरी महिला तथा केटाकेटीले पोलाइको समस्या भोग्ने भएकाले सजग हुन डा। राईले आग्रह गरे । सामान्य पोलाई भएमा सबैभन्दा पहिले चिसो पानीमा पोलेको ठाउँमा १५ मिनेटसम्म राख्नुपर्छ । पोलेको ठाउँ चिसो बनाइ सकेपछि पोलाइको आधारमा उपचार गर्नुपर्छ । डा। राईका अनुसार पोलेको घाउलाई सफा राख्नुपर्छ । झिँगा, धुलोबाट घाउजोगाउनुपर्छ । पोलेको ठाउँमा जुनपायो, त्यही घरेलु औषधि लगाउन हुँदैन ।

ठुलो आकारमा पोलेमा धेरै पानी राखेर ब्ल्यांकेटले छोपेर आगो निभाउनुपर्छ । आगो या तातो तेलमा धेरै नै जलेमा ससाना बालबालिकाले, फरक क्षमता भएका बालबालिकाले थाहा पाउँदैनन् । यस्तोमा छिटो भन्दा छिटोलुगा निकालिदिनुपर्छ ।

सामान्य पोलाइ

सामान्य किसिमका पोलाइ भन्नाले तेल वा आगोले छाला पोलेमा रातो भएपनि फोका उठ्दैन । यस्तोमा पोल्ने वित्तिकै धाराको चिसो पानीमा लगातार भिजाएर राख्नुपर्छ । चिसो बनाइसकेपछि थप उपचारको आवश्यकता नपर्ने चिकित्सकहरु बताउँछन् ।

डा राईका अनुसार तातो तेल, आगोले पोलेर उठ्ने फोका फुटाउन हुँदैन । फोका फुटेमा घाउ कपडामा टाँसिन सक्छ । यसलेसंक्रमण भई घाउको दुखाइ बढ्न सक्छ । पोलेको ठाउँमा आइस लगाउनु हुँदैन । साथै, पोलेको ठाउँमा गोलभेडा, गोबर लगायतका घरेलु औषधि पनि प्रयोग गर्न हुँदैन । यसरी अनुमानका आधारमा घरेलु औषधि प्रयोग गर्दा घाउ पाक्ने, पोलेर घाउ भएको ठाउँ फुल्ने लगायतका समस्या देखापर्न सक्छ ।

पोलेको छालामा घिउकुमारी वा त्यसको भ्यास्लिन लगाउन सकिन्छ । यस्तै, चिकित्सकको सल्लाहमा दुखाई कम गर्ने औषधि सेवन गर्न सकिन्छ । यस्तै, आगो वा तातो तेलले छाला नै नष्ट गर्ने मासु डढाउन सक्छ । यस्तोमा ढिला नगरी स्वास्थ्य संस्था पुुर्याउनुपर्छ । यद्यपि धारोको चिसो पानीले पोलेको ठाउँ भिजाइरहनुपर्छ ।

उपचारका लागि टाढा लैजाँदा सफा चिसो पानीमा भिजाएको नरम कपडाले छोप्नुपर्छ । घाउ सुख्खा भएमा चिसो सफा रुमालले भिजाउने कार्यलाई दिनमा ६÷७पटक भन्दा बढी गर्नुपर्छ । घाउमा फोहोर,धुलो, झिँगा लगायतबाट बचाउनु
पर्छ ।

तिहार अथवा अन्यसमयमा पोलेको, जलेको भागमा सफा चिसो पानी नराखी धेरै बिरामी अस्पताल पुग्ने गरेको डा। राई बताउँछन् । जबकि जलेको भाग हत्केलाको आकारभन्दा बढी भएमा चिसो पानीले भिजाउँदै अस्पताल जानुपर्छ । पोलेको घाउ छालाबाट भित्रसम्म फैलिएर मांशपेशी र हड्डीसम्म पुग्न सक्ने भएकाले अस्पताल पुगेर उपचार नगरुन्जेल सफा पानीमा पोले घाउ भिजाइरहनुपर्छ ।