बोल्न खोज्छन्, बोल्न सक्दैनन्, आँखा खोल्न खोज्छन् हेर्न सक्दैनन् वडाध्यक्ष न्यौपाने

२१ बैशाख, काठमाण्डौं । गत बैशाख १७ गते पचालझरना गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि सोही वडाकै काँग्रेस कार्यकर्ताले मणासन्न हुनेगरी कुटपिट गरी सख्त घाइते बनाई उपचारर्थ नेपालगंज मेडिकल कलेजमा ल्यार्र्ईए पनि त्यहाँ उपचार हुन नसक्दा नेपालगंजबाट हेलिकप्टरबाट काठमाण्डौंको ह्याम्स हस्पिटलमा ल्याईएको थाहा पाएपछि म र मेरा सहकर्मी पत्रकार रमेश महतारा सो ह्याम्स हस्पिटलमा भेट्ने र घाइते वडाध्यक्षको अवस्था बुझने क्रममा हामी सो हस्पिटलमा गएका थियौं ।
हस्पिटलमा कोरोना भाइरसको सकर्तता अपनाउँदै हामी हस्पिटलको सातौं तलामा राखिनुभएका वडाध्यक्षलाई देख्दा साथ हामी मर्महात भयौं । हामीले के सोचर र विचार लिएर गएका थियौं, र हामी के हुन पुग्यौं । सोच्नै सकिएन वेडमा लडिरहेका वडाध्यक्षको अवस्था देख्दा । कति निर्दयी र अमानवीय रहेछन् ति हमला गर्ने पिसासुहरु । वेडमा लडिरहेका वडाध्यक्ष न्यौपाने बोल्ने अवस्थामा थिएनन् । उनको मुखबाट आवाज निस्किएको थिएन । तर उनी बोल्ने कोसिसमा देखिन्थे । बोल्ने कोसिस गरेजस्तो देखिन्छ तर बोली नै फुट्दैन । आँखा राता, निला र सुनिएका छन् । आँखा खोल्न खोज्छन् हेर्न सक्दैनन् । हातको इसारले मात्र आफ्नो अवस्था दर्साउछन् । यसो हेर्दा उहाँको दिमागले सोच्नै नसकेको जस्तो भान हुन्छ । टाउँकोभरी टाका र घाउ नै घाउ छ, नाकको डाडी भाचिएको अवस्थामा छ । छाती, पेट, ढाड, कम्मर र अन्य भागमा समेत चोटपटक लागेको देखिन्छ । विषेश त उनको टाउकोमा गम्भीर चोटपटक लागेको देखिन्छ । त्यही चोकका कारण उनमा बोल्न सक्ने क्षमता नभएको पनि हुन सक्छ । होस गुमेजस्तो, सोच्न नसके जस्तो र स्मरण शक्तिका नसामा समेत असर पर्न गए जस्तो भान उनमा देखिन्छ ।
वडाध्यक्षको उपचारमा संलग्न डाक्टरका अनुसार बोल्न र सोच्न नसकेको बताउँछन् । हिजो भन्दा आज अलि सुधार भएको र केही चलबलाएको र पानी वा अरु तरल पदार्थ खाएको पनि बताउँछन् । तर उहाँको सुधार हुन समय लाग्ने र एक दुई दिनमा होस खुल्ने र बोल्न सक्ने हुन सक्छन् डाक्टरले बताए ।
त्यहाँ कुरुवा वडाध्यक्षका छोरा र श्रीमतीलाई केही बुझ्न खोज्दा यस घटनाका बारेमा हामीलाई केही थाहा नभएको र यो अचानक र सुनियोजित भएको कारण हामीलाई न्यूजमा जे आएको छ त्यही मात्र थाहा भएको र अरु विस्तृत विवरण थाहा पाउन त बुबा बोल्ने र सोच्न सक्ने अवस्था हुनुपर्र्यो । बुबाको बोली फुटे पछि र सोच्न सक्ने भएपछि उहाँ बाट नै सबै कुरा थाहा हुने उनले बताए । तर अहिले त्यो अवस्था नभएको र बुबा बोल्न नै सक्नु हुन्न । हेर्न नै सक्नु हुन्न । सोच्न नै सक्नु हुन्न । त्यसैले अहिलेलाई हामीलाई त्यति थाहा नभएको उहाँकी श्रमतीले बताइन् । हामीले अहिले सम्म के कति खर्च भयो र कही कतै बाट सहयोग आएको छकी छैन भनेर सोध्दा उहाँकी श्रीमतीका अनुसार कालिकोट, सुर्खेत, नेपालगंज हुँदै काठमाण्डांै सम्म आइपुग्दा आफूहरुसँग भएको रकम खर्च भएको र बाँकी हेलिकप्टर भाडा र अरु उधोरो मै गरिएको बताइन । उनका अनुसार पालिकाले अहिलेलाई तत्काल २ लाख रुपैया उपलब्ध गराउने भनेको छ र राष्ट्रियसभा सदस्य जिवन बुढाले पनि उपचारार्थमा सहयोगको व्यवस्था मिलाउने आश्वासन दिनु भएको उहाँले उक्त अबसरमा बताउनु भयो । अरु कही कतै बाट त्यस्तो उपचारर्थ सहयोग नजुटेको पनि बताइन । उहाँका अनुसार आफूहरु काठमाणडौ मै रहेको र उहाँलाई योजनाबद्ध तरिकाले मार्ने हिसाबले नै हमला गरिएको र भाग्यले बाच्नु भएको बताइन । यस बारेमा छानबिन गरी दोषीमाथि कडा कारवाहीको माग समेत गरिन । अनि हामी अरु कुरा केही नसोधिकन वडाध्यक्षको स्वास्थ्य लाभको कामना गर्दैै हस्पिटलबाट बाहिर निस्कियौं ।