पत्रकार महासंघ काठमाण्डौं शाखाको पत्रकारहरुलाई सूचना

कोरोना भाइरस (कोभिड–१९)को प्रभावले लकडाउन अवधि लम्बिदै गएसंगै शाखाका केही सञ्चारकर्मीहरुलाई खाद्यान्य लगायतको समस्या पर्दै गएकोमा यस अघि पनि ति व्यक्तिहरुको समस्या शाखाको व्यवस्थापनमा हल हुँदै आएको
छ । केही दिनयता समेत केही सञ्चारकर्मी साथीहरुले अत्यन्तै समस्या परेको गुनासो राख्नु भएकाले उहाँहरुको समस्या समाधानका लागि उपत्यका प्रदेश समितिको समन्वयमा शाखालाई उपलब्ध खाद्य सामग्री तत्कालिक राहत स्वरुप जम्मा भएको छ । त्यसलाई वितरण सम्वन्धमा २०७७–१–१९ गते शाखा कार्यालय भृकुटीमण्डपमा शाखाबाट प्रदेश पार्षद तथा उपत्यका प्रदेश समितिका सचिव विष्णु आचार्यको उपस्थितिमा कार्यसमितिका उपलव्ध साथिहरु सहित आकश्मिक सर्वपक्षीय बैठक बसी कार्यविधी तय गरिएको छ । सो कार्यवधि बमोजिम राहत वितरण गरिने भएकाले (अत्यन्तै जरुरी परेका साथीहरुले मात्र) भोली शाखा कार्यालय भृकुटीमण्डपमा दिनको २ः३० बजे स्वयम् उपस्थित हुनुहुन अनुरोध छ ।

कार्यविधि
क, पहिलो प्राथमिकता शाखाका सदस्यहरु मध्येबाट बिरामी, अपाङ्गता भएका, वृद्ध, एकल महिला, बालवालिकाहरु भएका र सुत्केरीहरुलाई दिने ।
ख, अत्यन्तै जरुरी परेका कार्यसमिति सदस्य र पदाधिकारहरुले अन्यलाई वितरण गरिसकेपछि बाँकी रहेको हकमा मात्र लिने ।
ग, व्यक्ति स्वयम् उपस्थित भई कार्यालयको जिन्सी रेकर्ड फारममा सामग्री बुझिलिएको भनि दश्तखत गरिसकेपछि मात्र वितरण गरिने ।
घ, यसअघि प्राप्त गरिसकेकाहरुले अर्को लर्टमा मात्र पाउने ।
ङ, यसबाहेक अन्य सहजिकरण तथा तत्कालिक समस्या परेमा टास्क फोर्स सदस्य सहित उपत्यका प्रदेश समिति सचिव विष्णु आर्चायको संयुक्त बैठकले निर्णय गर्ने ।