२१ बैशाख, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि आह्वान गरेकी छिन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी
हुन् ।
संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था सरकारले मिलाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।