आमाको महिमा

कविता

आमाको महिमा अगन्य र
अपरम्परा छ ।
आमाको सौन्दर्य
रुपको जवानी भन्दा ठूलो छ ।।
लामो आयुको कामना
गर्छु आमा ।
सौभाग्यवती बन्नु
तिमी संधैभरी बाँच्नु ।।
नआत्तिनु दुखमा कहिले पनि
मायाको अपरम्परा छ तिम्रो छातीमा ।।
सौन्दर्यकी खानी आमा
तिमी
कसैले लिन सक्दैनन्
तिम्रो ठाउँको सिरानी ।।

पर्वत, हिले पैयु