जनता समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोग कार्यालयमा

११ वैशाख, काठमाडौं । हिजो बुधबार रातारात राजपा र समाजवादी पार्टी पार्टी मिलेर एक भएपछि सो पार्टी निर्वाचन आयोगमा दर्ता हुने प्रक्रिया छ । नयाँ गठन भएको जनता समाजवादी पार्टी दर्ताका लागि पार्टीका नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा पुगेका छन् ।
यसअघि तत्कालीन समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत सांसदले समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने निर्णय गरेका थिए । तर अहिले सम्म उनीहरु पार्टी दर्ता गर्न आयोग कार्यालय गएका छैनन् ।