केन्द्रीय निर्वाचन आयोगले यस अघिको निर्वाचन कार्यतालिका परिमार्जित

नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले यस अघिको निर्वाचन कार्यतालिकालाई परिमार्जित गर्दै निर्वाचनको कार्यक्रम संशोधन गरेको छ । आयोगले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको छ ।

परिवर्तन अनुसार दरखास्त फारम वितरण बिहान ८ बजे देखि ९ः२० सम्म, उम्मेदवारको फारम दर्ता ८ बजेदेखि ९ः ३० बजेसम्म, उम्मेदवारको प्रारम्भिक नावाली प्रकाशन १०ः ३० बजेसम्म, उम्मेदवारको बिरोधमा उजुरी बिहान १०ः३० देखि १०ः४५ सम्म, उम्मेदवारी उपर छानबीन र निर्णय बिहान १०ः५० सम्म, उम्मेदवारीको नावाली पुन प्रकाशन बिहान १०ः३० सम्म, उम्मेदवारी नाम फिर्ता १०ः३० देखि ११ः३० सम्म, उम्मेदवारको अन्तिम नामावली बिहान ११ः ३० सम्म, मतदान साँझ ९ बजेदेखि १४ गते बिहान ३ बजेसम्म को कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।