निर्वाचन कार्यक्रम सार्वजनिकसँगै बन्दसत्र सुरु अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन जारी

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज दिनभरीको रक्साकस्कीका बीच अन्ततः महाधिवेशन निर्वाचन प्रक्रियामा गएको छ । निर्वाचन कार्यक्रम सार्वजनिकसँगै बन्दसत्र पनि सुरु भएको अहिले बन्दसत्र अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।