उपाध्यक्ष भीम रावलद्धारा अध्यक्ष पदमा उम्मेदवारी मनोनयन फारम भरी हलभित्र छिरे

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यसूची प्रकाशित गरेसँगै रावलले अध्यक्ष पदका लागि मनोनयन पत्र भरेका हुन् ।

मनोनयनको फारम भरेपछि रावलले आयोगले दर्ता गर्ने समय दिएसँगै त्यसलाई बुझाउने पत्रकारहरुसँग बताए । नेता रावललाई पत्रकारले सोधेको प्रश्नमा सहमतिबाट नै नेतृत्व छान्न लागिएको त्यसैका लागि आज दिनभरी छलफल र वार्ता भएको तर तपाईका कारण सहमति हुन नसकेको प्रश्नमा, रावलले कहाँ र कुन होटलमा छलफल र वार्ता भयो त्यो आफूलाई थाहा नभएको अबको नेकपा एमाले सवल र सुदृढका लागि आफनो अध्यक्षमा उम्मेदवारी भएको बताए ।