कोभिड-१९ को उद्गम स्थल पहिचान गर्न कठिन

एजेन्सी

१३ कात्तिक, काठमाडौं । अमेरिकाको एक खुफिया संस्थाले कोभिड-१९ को उद्गम स्थल पहिचान गर्न कठिन रहेको बताएको छ । कोरोना भाइरस कहाँ र कसरी उत्पत्ति भयो भनेर आफूलाई कहिल्यै थाहा नहुन सक्ने पनि खुफिया संस्थाको भनाइ छ ।

शुक्रबार डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सको कार्यालय ९ओडीएनआई० ले एक प्रतिवेदन सार्वजनिक गर्दै कोभिड-१९ को उद्गम स्थल पहिचान गर्न कठिन रहेको र भाइरस उत्पत्तिबारे आफूलाई कहिल्यै थाहा नहुन सक्ने बताएको हो । उक्त प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको वा प्रयोगशालाबाट चुहाइएको भन्ने विषयमा विस्तृत समीक्षा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

ओडीएनआईको प्रतिवेदनमा कोरोना भाइरस प्रकृति रुपले उत्पत्ति भएको वा प्रयोगशालाबाट चुहिएको भन्ने दुबै अनुमान सही हुन सक्नेतर्फ पनि संकेत गरिएको छ । तर यी दुई अनुमानमध्ये कुन चाहिँ बढी प्रबल रहेको भन्ने वा अन्तिम निष्कर्ष निकाल्न सकिएकाल भन्ने विषयमा विश्लेषकहरूबीच मतभेद रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, जैविक हतियारको रुपमा कोरोनाभाइरस बनाइएको भन्ने धारणालाई समेत प्रतिवेदनले खण्डन गरेको छ । यस्तो धारणा राख्ने मानिसहरूको ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजीसम्म सिधा पहुँच नभएको’ र उनीहरुले दुष्प्रचार गरिरहेको प्रतिवेदनको ठहर छ ।

विश्वव्यापी महामारीको असरका लागि चीन कति दोषी छ भन्ने विषयबारे अमेरिकामा राजनीतिक मतभेद जारी रहेका बेला शुक्रबार सो प्रतिवेदन सार्वजनिक गरिएको हो । ९० दिन लगाएर अगस्टमा जो बाइडेन प्रशासनले सार्वजनिक गरेको समीक्षालाई अपडेट गरेर पछिल्लो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

यसैबीच, चीनले प्रतिक्रिया जनाउँदै शुक्रबार सार्वजनिक प्रतिवेदनप्रति आलोचना गरेको छ ।

‘कोभिड(१९ को उत्पत्ति पहिचान गर्न वैज्ञानिकको साटो आफ्ना खुफिया संयन्त्रमाथि भर पर्ने अमेरिकी कदम पूर्णतस् राजनीतिक प्रहसन हो’, वाशिङ्टनस्थित चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङगिऊले भने ।

यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कैयौं समर्थकले कोभिड(१९ ‘चिनियाँ भाइरस’ भएको बताएका थिए । तर केही अमेरिकी खुफिया संस्थाले भाइरस प्रकृतिमा उत्पत्ति भएको कुराप्रति सशक्त समर्थन गरिरहेको देखिन्छ । कतिपयले भने चीनस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट संयोगबश भाइरस चुहिएको ठान्छन् ।

तर चीनले उक्त अनुमान अस्वीकार गर्दै आएको छ ।