Breaking News

पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको आज बसेको केद्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको बताएका छन् ।

एमाले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै उनले त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए ।

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘युवराजजी (उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । मास्क खोल्नुस् भनेर चिठी लेख्नुपर्छ ।’ आफ्ना सहमतिहरु बैठकमा नै राख्नुपर्ने उनले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।