आज सेयर बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट

१५ भदौ, काठमाडौं । आज सेयर बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । आजको नेप्से परिसूचक ६९।०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ ।

बजार उच्च अंकले घट्दा नेप्सेमा कारोबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । कारोबार रकम भने १३ अर्ब २५ करोड नाघेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ ।