असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीए) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने

१५ भदौ, काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीए) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।