परिवर्तन

परिवर्तन एक !
कुनै दिन मैलेनै बुर्जुवा शिक्षा पढाउछ् भन्दै
कुटेको मास्टर
मेरै साना साना नानि हरुलाई
पढाइ रहेको छ

आज पनि त्यहि शिक्षा पढाउदै तलव खाइरहेको छ ।

परिवर्तन दुई !!
जनयुद्ध सफल भयो भन्दै
जनयुद्घ पछि पार्टीमा लागेका वतासेहरु
सिंहदरबारमा भरिभराउं छन्
क्रान्तिमा होमिनेहरु अयोग्य लडाकू भै
आज बतासे संग न्याय र अधिकार माग्नु परेको छ
खोला तर्यो लौरो विर्षियो ।

परिवर्तन तिन !!!
सिंगापुर वनाउछु
पानि जहाज ल्याउछु
रेल ल्याउछु,
मन्त्रि जति आफनै परिवारलाई
गफ जति जनतालाई
भ्याउतो सरकारर न हो
बुरुक्क उफ्रिन्छ
धार्नी पुर्याउनै गाह्रो ।