१४ औं महाधिवेशनको प्रक्रिया सुरू नेता शेखरको माग

कांग्रेस केन्द्रीय सदस्य शेखराले आज सामाजिक संजाल टुयीटरबाट ट्वीट गर्दै कांग्रेसको १४औं महाधिवेशन कोइरालाले गरेका छन् ।
पदाधिकारी र पूर्वपदाधिकारी बैठक निरन्तर गरे पनि महाधिवेशन प्रक्रिया हालसम्म पनि अगाडि नबढेको कोइराला उनले बताए ।
महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ मा हुनुपर्ने वडा अधिवेशन कहिले गर्ने अझै टुंगो लगाउन सकेको छैन ।

क्रियाशील सदस्यतामै विवाद देखिएका छ । तर आज दिउँसो २ बजेसम्म क्रियाशील विवाद समाधान गर्न रमेश लेखक नेतृत्वको छानबिन समितिलाई समय दिइएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन । अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो हुन सकेको छैन । यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ । र पार्टीको सम्पूर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ । नेता कोइरालाले पार्टीको महाधिवेशन नभए पार्टीको वैधानिकता समाप्त हुनेसमेत बताएका छन् ।

‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन ? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो ? यसको जवाफ कसले दिने ? उनको प्रश्न छ ।