कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपरमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेज घोषित

२७ असार, काठमाडौं । आज बिहान सकिएको कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपरमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेज घोषित भएका छन् ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १(० ले हराउँदै उपाधि जित्दा मार्टिनेजले क्लिनसिट राखे ।

उनले कोपामा कूल ६ खेल खेल्दा ४ क्लिनसिट राखे । सेमिफाइनलमा कोलम्बिया विरुद्ध पेनाल्टीसुटआउटमा अर्जेन्टिनाले जित हात पार्दा मार्टिनजेल ३ पेनाल्टी रोकेका थिए ।

चिली विरुद्धको पहिलो खेलमा उनले अर्टुरो भिदालको पेनाल्टी रोकेका थिए ।