भोलि जेठ १३ गते बिहीबार कुन बैकका कुन शाखा कहां खुल्छन् विवरणसहित जानकारी

१२ जेठ, काठमाडौं । पछिल्लो चरणमा उप काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि त्यसको मध्यनजर गर्दै र काठमाण्डौ उपत्यकाका सिडियोहरुले गरेको निशेधाज्ञाको पालना गर्दै वाणिज्य बैंकहरुका ६ शाखा मात्रै खुल्ने भएका छन् । जसअनुसार काठमाडौं जिल्लामा ३ वटा, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा संचालनमा आउने भएको छ ।

यस्तै विकास बैंकलाई ४ र वित्त कम्पनीलाई ३ वटा मात्रै शाखा खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार विकास बैंकले काठमाडौं जिल्लामा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एक वटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।

बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो–पालो गरेर शाखा खोल्नुपर्ने उनले बताए ।

कोरोना संक्रमणको दोस्रो लहर थप फैलिएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थहरुको शाखा कमभन्दा कम खोल्ने नीति लिएको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई पैसाको अतिआवश्यक नभइ बाहिर ननिस्कन आग्रह गरेको छ । बैंकहरुले निषेधाज्ञा अवधिमा अत्यावश्यक ५ सेवा मात्रै दिने छन् ।

जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक÷आइपिएस÷आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै प्रदान हुने भएको छ ।

निषेधाज्ञा अवधिमा सबै बैंकको मुख्य कार्यालय भने सञ्चालनमा आउने छन् । बिहान १० देखि २ बजेसम्म बैंकका तोकिएका शाखा कार्यालय संचालनमा आउने छन् । बैंकहरुले कुन दिन कुन कुन शाखा संचालन गर्ने भन्ने सूचना आफ्नो वेबसाइट तथा फेसबुक पेजबाट दिँदै आएका छन् ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले जेठ २० गतेसम्म निषेधाज्ञा अवधि तोकेका छन् ।

उपत्यकामा बिहीबार कुन बैंकका कुन कुन शाखा कार्यालय संचालन हुन्छन ? (बैंकहरुले फेसबुक पेज र वेबसाइटमा सार्वजनिक गरेको विवरणका आधारमा)

प्राइम कमर्सियलः बालाजु, कालिमाटी, कमलपोखरी, कोटेश्वर, पाटन÷पुल्चोक, ठिमी शाखा कार्यालय संचालन हुनेछन्।

इन्भेष्टमेन्ट बैंकः बत्तिसपुतली, गंगबु, न्यूरोड, पुल्चोक, सिपाडोल शाखा कार्यालयका अलवा प्रधान कार्यालय संचालन हुनेछ ।

ग्लोबल आइएमई बैंकका कान्तिपथ, कुलेश्वर, कुमारीपाटी, ठिमी, पानीपोखरी, कुपण्डोल कार्यालय संचालनमा आउने छन् ।

नेपाल बैंकका भक्तपुर, कोटेश्वर, कुपण्डोल, महाराजगन्ज कार्यालय संचालनमा आउने छन् ।

कृषि विकास बैंकका शामाखुसी, त्रिपुरेश्वर, न्यूरोड, मंगलबजार, कुपण्डोल र बोडेका कार्यालय संचालन हुनेछन् ।

राष्ट्रिय वाणिज्य बैंकका विशालबजार÷न्यूरोड, ठमेल, स्वयम्भू, पुल्चोक र सूर्यविनायक शाखा कार्यालय संचालनमा आउने छन् ।

नबिल बैंकका ग्वार्को, काँडाघारी, कुमारीपाटी, महाराजगन्ज, सिनामंगल र सूर्यविनायक कार्यालयहरु संचालन हुनेछन् ।

प्रभु बैंकका कलंकी, कपन, एयरपोर्ट, सानेपा, बालकोट र सातदोबाटो शाखा कार्यालय खुल्ने छन् ।

सिद्धार्थ बैंकका हात्तीसार, जोरपाटी, तीनकुने, जावलाखेल, इमाडोल र च्याम्हासिंह कार्यालय खुल्नेछन् ।

मेगा बैंकका बालकोट, कमलादी, ठमेल, ज्ञानेश्वर, कुमारीपाटी, सुनाकोठी शाखाहरु खुल्नेछन् ।

लक्ष्मी बैंकका हात्तीसार, टेकु, सामाखुसी, लगनखेल, सानेपा, भक्तपुर (सल्लाघारी) शाखा कार्यालय संचालन हुनेछन् ।

सानिमा बैंकका कान्थिपथ, जोरपाटी, महाराजगन्ज, एकान्तकुना, कुपण्डोल र गठ्ठाघर शाखा कार्यालय संचालन हुनेछ ।

एनएमबि बैंकका गोलमाडी, ग्वार्को, पुल्चोक, पुतलिसडक, गंगबु र सितापाइला शाखा कार्यालय संचालन हुनेछ ।

सनराइज बैंकका कमलपोखरी, चाबहिल, गंगबु, लुभु, गाबाहल र भक्तपुर शाखा कार्यालय संचालन हुनेछ ।

सेन्चुरी कमर्सियल बैंकका नयाँ बानेश्वर, टोखा, पुतलिसडक, बौद्ध, सातदोबाटो र भक्तपुर शाखा कार्यालय संचालन हुनेछ ।