कविता
कोरोना विश्वमै खतरनाक छ ।
विश्व युद्ध भन्दा पनि जोखिमपूर्ण छ ।।
यसले हजारौ मान्छे मार्यो ।
यो भयंकर हत्यारा रहेछ ।।
यो साँच्चै डरलाग्दो रहेछ ।
विश्व नै भयावह भएछ ।।
संसारमा ठूला मान्छे भनाउँदालाई ।
समातेर राख्दैछ ।
औपनिवेशको दासत्वलाई
पनि बढाउदैछ ।।
साँच्चै कोरोना डरलाग्दो भएछ ।
संसारमा मान्छे–मान्छे छुदा रोगले
आक्रमण गर्दैछ ।।
कहिलेसम्म आउने हो कोरोना
संसार नै विरामी बनायो ।
कति दर्दनाक छ विश्व
कतै नछोडी जहाँ
रहे त्यही बस्ने बनायो ।