कोलम्बियामा यस वर्ष कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु आयोजना नहुने भएको छ ।
यसअघि अर्जेन्टिना र कोलम्बियाले मिलेर यो प्रतियोगिता जुन महिनादेखि आयोजना गर्ने तय थियो । प्रतियोगिताको फाइनल खेल १० जुलाईमा कोलम्बियामै आयोजना हुने तय गरिएको थियो ।
कोलम्बियामा तय भएका खेलहरु कहाँ खेलाउने भनेर दक्षिण अमेरिकी फुटबल महासंघले छिट्टै निर्णय लिने जनाएको छ ।
राष्ट्रपति इमान डुकुले कर र स्वास्थ उपचार सुधार घोषणा गरेपछि अप्रिलको अन्त्यमा कोलम्बियामा प्रदर्शन सुरु भएको थियो । पछिल्ला तीन सातादेखि यो प्रदर्शन निरन्तर जारी छ ।
राजधानी बोगोटा, मेडिलिन र काली (जहाँ, कोपाका खेलहरु आयोजना हुने तय थियो) क्षेत्रमा बृहद प्रदर्शन भइरहेको छ ।