नयां सरकार निर्माण बारे निर्णय लिन जसपा महन्थ-राजेन्द्र समूहको संसदीय दलको बैठक बस्दै

७ जेठ, काठमाडौं । हिजो बेलुका राष्ट्पतिले संविधानको धारा ७६ (५) बमोजिम नयां सरकार निर्माणका लागि आज बेलुका ५ बजेको समयसीमा तोकिदिएपछि तातिएको राजनीतिले आज दिनभरी कस्तो रुप लेला त्यो भने केही घन्टामा नै परिणाम बाहिर आउला । गएको बैशाख २७ गते संसदमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि तटस्थ बसेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले नयां सरकार निर्माण बारेमा निचोड निमाल्न संसदीय दलको बैठक बोलाएको छ ।

नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जसपा सांसद लक्ष्मणलाल कर्णले दिए ।

’१०÷११ बजेतिर हाम्रो संसदीय दलको बैठक बस्छ । त्यही बैठकले सरकार गठनबारे निर्णय लिन्छ उनले भने ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन ।

जसपा सांसद प्रदीप यादवले आफूहरूलाई बैठकबारे खबर नआएको बताए ।

ठाकुर–महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ । उक्त समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन समेत गरिसकेको छ ।